मंगलबार, पुस १५, २०८२

कागती बिक्री नहुँदा दाङका किसान समस्यामा

 |  बुधबार, साउन १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०८२

दाङ- यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन्। सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका-८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए।

National life

उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन्। भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ।

‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन’ अधिकारीले भने।

पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ। उमेरले २५ वर्ष पुगेका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौंबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उनले सुनाए। उक्त कागती ८० रुपैयाँका दरले काठमाडाैं पठाएका हुन्। आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको दुखेसाे गरे।

Laxmi sunrise bank
kumari

अधिकारी भन्छन्, ‘स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ।’ उनले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गरेका छन्।

किसान अधिकारीले यसबाट वार्षिक रूपमा दुई लाख ५० हजार रुपैयाँ बढी आम्दानी गर्छन्। उनले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती सुरु गरेका छन्। तीन दाजुभाइ मिलेर कागतीखेती सुरु गरेका थिए।

दाजु विक्रम अधिकारी हाल वैदेशिक रोजगारमा गए भने भाइ जीवनले उनलाई सहयोग गर्दै आएका छन्। यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उनको भनाइ छ। रासस

प्रकाशित: Jul 30, 2025| 06:31 बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्