बिहीबार, असोज ८, २०८३

जनकपुरमा बालिकाको हत्या

 |  मंगलबार, साउन १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०८२

धनुषा- यहाँस्थित जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छभने र दुईजना घाइते भएका छन्।

कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छिन्। उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए। आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छभने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ। अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन्।

साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन्। मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको  खोजी भइरहेको जानकारी दिए।

प्रकाशित: Jul 29, 2025| 12:11 मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्