सोमबार, साउन १२, २०८२

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

 |  सोमबार, साउन १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०८२

vianetvianet

रसुवा- पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने रहेका छन्। 

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ।  बेपत्ताको खोजीका लागि नेपाली सेना  श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ।

प्रकाशित: Jul 28, 2025| 08:16 सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्