सोमबार, पुस १४, २०८२

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

 |  सोमबार, साउन १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०८२

पर्सा- वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्यांकरमार्फत वितरण गर्दै आइरहेको छ।

National life

मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्यांकरबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ।

श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्यांकरमार्फत औषतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए।

‘पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीनपटक ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छौं,’ उनले भने,‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ।’

वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र संकटलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्यांकरबाट पानी वितरण गर्दै हुँदै आइरहेको छ।

Laxmi sunrise bank
kumari

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई ट्यांकरबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेको बताए।

‘वीरगञ्ज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै दिनरात नभनिकन फोन गर्नुहुन्छ। हामीले आवश्यकताको आधारमा ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छौं।’

गत साउन १ गतेदेखि नै यहाँ खानेपानी ट्यांकरमार्फत वितरण हुँदै आइरहेको छ। जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर खानेपानी वितरण गर्दै आइरहेको छ।

नेपाली सेनाले वीरगञ्ज महानगर-१ छपकैया, वीरगञ्ज महानगर १ गायत्री टोल, शिक्षा कार्यालय पछाडी, वीरगञ्ज महानगर वडा नं ११ राधेमाई, श्रीपुर, वीरगञ्ज महानगर १४ बहुअरीचोक, वीरगञ्ज महानगर १५ भिष्वा, राधेराधे कलोनी, वीरगञ्ज महानगर २४ रामगढवा, महानगर २६ सुगौली विर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे तीन पटक ट्यांकरबाट पानी वितरण हुँदै आइरहेको छ।

त्यस्तै गरी पर्साको बहुदरमाई नगरपालिका-१ विश्रामपुर, दक्षिणटोल पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्यांकरबाट खानेपानी वितरण हुँदै आइरहेको छ। पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्यांकरबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिनेछ।

प्रकाशित: Jul 28, 2025| 07:46 सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्