काठमाडौं- शुबश्री कलेज अफ म्यानेजमेन्टले बीबीए २०२१ ब्याचका स्नातक उत्तीर्ण विद्मार्थीलाई विदाई ज्ञापन गरेको छ। होटल हिमालयमा एक समारेहबीच विद्मार्थीहरूलाई विभिन्न कलेजका प्रमुख, प्राध्यापक र अतिथिहरूको उपस्थितिमा स्नातक डिग्री प्राप्त गरेकोमा वधाई तथा शुभकामना प्रदान गरेको हो।
कान्तिपुर मिडिया ग्रुपका सीईओ तथा नेपाल मार्केटिंग एसोसिएशनका अध्यक्ष महेश स्वार प्रमुख अतिथि रहेको कार्यक्रममा शुबश्री कलेज काम्यानेजिङ डाइरेक्टर तरुन प्रताप शाहक, कलेजका प्रमुख मनिता ओलीलगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा विद्यार्थीले आफ्ना साथी, शिक्षक मात्र नभएर एक आपसमा गरिएका संघर्ष, मित्रता र हरेक लक्ष्य पछ्याउने हिम्मतलाई सम्झेर यो दिन आफ्नै बनाएको बताएका थिए।
कार्यक्रममा म्यानेजिङ डाइरेक्टर शाहले व्यवहारिक शिक्षामा जोड दिएका थिए। 'शुभश्री कलेज विद्यार्थीहरूको उन्नति र समृद्धिको लागि समर्पित संस्था हो। कलेज केवल शैक्षिक क्षेत्रमै मात्र उत्कृष्ट छैन, यसले विद्यार्थीहरूको मानसिक र व्यावसायिक विकासका लागि विभिन्न अवसरहरू प्रदान गर्दै आएको छ। कलेजका प्रमुख मनिता ओली र प्राध्यापकहरूको कडा प्रयास तथा समर्पणले हामी यो स्थानमा पुग्न सफल भएका छौं,' उनले भने।