सोमबार, पुस १४, २०८२

चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

इलाम- माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन्। चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन्। माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भने, ‘चार दिन भयो, निद्रा नै लाग्दैन। ‘

National life

गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको हो। यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले तीनवटा बाख्रा खोरमै खाएको पशु प्राविधिक रविन गुरुङले जानकारी दिए। ‘चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ’, उनले भने।

चितुवाको उपद्रो लोसेसम्म सीमित छैन। शनिबार राति माइजोगमाई–२ मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन्। एकपछि अर्को गाउँमा चितुवा देखिन थालेपछि माइजोगमाईका किसान त्रासमा छन्।

‘बोका हरायो भनेर खोज्दै जाँदा साँझ चितुवाको माउ र बच्चा देखियो”, माइजोगमाई–३ गुप्तीका रोहित काफ्लेले भने, ‘अब बालबालिका पनि घर–विद्यालय गर्न डराउन थालेका छन्।’वन्यजन्तुको आतङ्कले खसीबाख्रामात्र होइन, किसानको तरकारी बालीसमेत धरापमा परेको छ। मकै, फर्सी, स्कुस, आलुजस्ता बाली बँदेल र बाँदरले खाएर नष्ट गरिदिँदा मेहनत धुलोमा मिलेको स्थानीयको गुनासो छ।

तर यति ठूलो समस्या हुँदाहुँदै पनि सरकारी पक्षसँग एकिन तथ्याङ्क छैन। ‘जङ्गली जनावरले दैनिक क्षति गरिरहे पनि अधिकांश घटना जानकारी नआउँदा विवरण सङ्कलन गर्न सकिएको छैन’, इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले भने।

Laxmi sunrise bank
kumari

वन्यजन्तुको उपद्रो बढ्दै जाँदा स्थानीय सुरक्षा, पशु स्वास्थ्य तथा कृषिमा असर पार्ने खतरा देखिन थालेको छ। किसान अहिले उचित सुरक्षा र राहतको माग गरिरहेका छन्। ‘हामीलाई पशुभन्दा पहिला आफ्नो ज्यानको चिन्ता छ’, किसान शेरबहादुर गुरुङले भने’न त निद्रा पाएका छौँ, न त राहत।’

प्रकाशित: Jul 27, 2025| 14:09 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्