बिहीबार, असार ४, २०८३

साम्पाङमा रहेको बौद्ध गुम्बा संरक्षण

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

भोजपुर- षडानन्द नगरपालिका–१० साम्पाङमा रहेको ‘हिमालयन माहायान छेदेन छ्याकी खोलो’ बौद्ध गुम्बाको संरक्षण गरिएको छ। संरक्षण अभावमा जीर्ण बन्दै गएको गुम्बाको षडानन्द–१० सम्पाङ वडा कार्यालय तथा प्रदेश सरकारको बजेटमा संरक्षण गरिएको हो। गुम्बा भवन संरक्षण गरिएपछि यहाँका बौद्ध धर्मावलम्बी खुसी भएका छन्।

National life

पूजाआजा गर्न सहजता भएको गुम्बाका लागि सिंहबहादुर तामाङले बताए। यो गुम्बामा पाठशालासेमत सञ्चालन भइरहेको छ। समुदायअनुसारको धर्म संस्कार र संस्कृतिको संरक्षण गर्न वडाको आर्थिक सहयोग तथा पहलमा गुम्बाको संरक्षण गरिएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए।

वडाको माथिल्लो भेगमा तामाङ र शेर्पा समुदायको बसोबास रहेकाले संस्कृतिको संरक्षणमा जोड दिन गुम्बा संरक्षण गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो। गुम्बा संरक्षणका लागि विभिन्न आर्थिक वर्षमा वडा र प्रदेश सरकारलगायत निकायबाट रु ३० लाख हारहारीमा खर्च गरिएको वडाध्यक्ष शेर्पाको भनाइ छ।

गुम्बाको घेराबारा, प्रवेशद्धार निर्माण, छानो फेर्ने, धारा निर्माणलगायतका काम गरिएको हो। भावी दिनमा पनि आवश्यकताका आधारमा वडाले अन्य गतिविधि सञ्चालन गर्ने जनाएको छ।

Shivam cement

प्रकाशित: Jul 27, 2025| 13:31 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्