सोमबार, साउन १२, २०८२

सुतिरहेकी श्रीमतीको हत्या गर्ने पुरुष प्रहरीको नियन्त्रणमा

 |  आइतबार, साउन ११, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

vianetvianet

कर्णाली- घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा  श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।

गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजङ्ग बुढथापाले जानकारी दिए।

रबिनाको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडामगरलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका ठाडामगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

प्रकाशित: Jul 27, 2025| 10:24 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्