शनिबार, फागुन ३०, २०८२

सुनसरीमा लम्पी स्किनको संक्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

सुनसरी- जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको संक्रमण बढेको छ।

National life

इनरुवासहित धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिए।

जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशुचौपायामा सङ्क्रमण देखिएको उनले बताए। सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ।

लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशुचौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। सबैभन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ। हालसम्म ६४ हजार ४४१ वटा पशुचौपायालाई खोप लगाएको प्रमुख मेहताले बताए। रासस

प्रकाशित: Jul 27, 2025| 06:46 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्