बिहीबार, असार ४, २०८३

उदयपुरमा एक वर्षमा ८ हजार बढीले लिए राहदानी

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

उदयपुर- एक वर्षमा झण्डै साढे आठ हजार जनाले राहदानी लिएका छन्।

National life

जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असार मसान्तसम्ममा जिल्लाभरिबाट आठ हजार ३६५ जनाले राहदानी लिएका हुन्।

राहदानी लिनेमध्ये पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। राहदानी लिनेहरुमा पाँच हजार ६४२ जना पुरूष रहेका छन् भने दुई हजार ७२२ जना महिला रहेका छन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनकै लागि राहदानी बनाएको प्रारम्भिक अध्ययनले देखाएको छ।

देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र श्रमको मूल्य नपाउँदा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर वृद्धि हुँदै गएको जिल्लाका जानकारहरूले बताउँदै आएका छन्। रासस

Shivam cement

प्रकाशित: Jul 27, 2025| 06:16 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्