बिहीबार, असोज ८, २०८३

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा दम्पतीको मृत्यु

 |  शनिबार, साउन १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०८२

सप्तरी- सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। 
    
स्थायी  ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया  रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिए।
    
प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो। सो क्रममा करेन्ट लागेपछि उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jul 26, 2025| 10:02 शनिबार, साउन १०, २०८२
प्रतिक्रिया दिनुहोस्