सोमबार, पुस १४, २०८२

यस वर्ष पनि कोशीमा घटेन 'लम्पी स्किन' संक्रमण

 |  शनिबार, साउन १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०८२

झापा- गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन्। तीमध्ये ४२०  मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ।

National life

निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ।

सबैभन्दा बढी झापामा १३ हजार ११८ वटा गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण भएको छ। मोरङमा एक हजार ९५८, इलाममा एक हजार ६६५, सुनसरीमा एक हजार १००, उदयपुरमा ५०१, खोटाङमा ३५५, भोजपुरमा ७३, ताप्लेजुङमा ४५, धनकुटामा ३३ र सबैभन्दा कम पाँचथरमा १० वटा पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको उनले जानकारी दिए।

यो रोगबाट दश जिल्लाका १८ हजार ७४५ गाईगोरु र १७६ वटा भैँसीराँगामा रोगको सङ्क्रमण देखिएको छ। रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका दुई लाख ९३ हजार २२३ गाईगोरु र राँगाभैँसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको पशु चिकित्सक साहले बताए।

उनले गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिरहेको बताए। “यो रोग लामखुट्टे, भुसुना, झिँगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ,” उनले भने, “रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ।”

Laxmi sunrise bank
kumari

यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्दछ। यसबाट सङ्क्रमित पशु अन्त्यमा मर्ने गरेका छन्।

प्रकाशित: Jul 26, 2025| 09:31 शनिबार, साउन १०, २०८२
प्रतिक्रिया दिनुहोस्