मंगलबार, वैशाख १५, २०८३

संघीय मामिला मन्त्रालयमा गुनासो सुन्न छुट्टै व्यवस्था

 |  शुक्रबार, साउन ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०८२

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिने भएको छ।

National life

सो मन्त्रालय र मातहतका निकायले सम्पादन गर्ने कामसँग सम्बन्धित कुनै पनि गुनासोलाई अब एक साताभित्रै सम्बोधन गरिने भएको हो। सो मन्त्रालयले बिहीबारदेखि नै सञ्चालन आउनेगरी उक्त व्यवस्थापन केन्द्र स्थापना गरेको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सो केन्द्रको स्थापनासँगै सेवाग्राहीलाई तत्काल जानकारी दिने र प्रक्रियागत ढिलाइ हटाउने बताइन्।

नागरिकको गुनासो सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइएकाले यसबाट नागरिकको भरोसा बढ्ने उल्लेख गरिन्। गुनासो व्यवस्थापन केन्द्र मन्त्रालयको उपसचिवको नेतृत्वमा सञ्चालन हुनेछ।

केन्द्रमा संलग्न कर्मचारीले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन, वर्गीकरण र सम्बोधन गर्नेछ। सामान्य प्रकृतिका गुनासाजस्तै जानकारी दिनुपर्ने वा प्रक्रियासम्बन्धी स्पष्टता दिने काम, केन्द्रकै सहजकर्ताले तत्कालै गर्ने सो मन्त्रालयले जनाएको छ।

kumari

तत्काल समाधान गर्न नसकिने गुनासा सम्बन्धित शाखामा पठाइनेछ। त्यसलाई शाखा प्रमुखले तत्कालै समाधान गर्ने वा अधिकतम तीन दिनभित्र महाशाखा प्रमुखमार्फत समाधान गरिनेछ।

नीतिगत वा उच्चस्तरीय निर्णय आवश्यक पर्ने गुनासा भने मन्त्रीस्तरीय निर्णयका आधारमा बढीमा महिना दिनभित्र समाधान हुनेछ।

गुनासो सङ्कलनका लागि हटलाइन नम्बर, इमेल, ट्वीटर र फेसबुकको व्यवस्था गरिएको छ। यस्तै, पत्राचारमार्फत पनि गुनासो गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: Jul 25, 2025| 09:31 शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्