सोमबार, पुस १४, २०८२

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

 |  बिहीबार, साउन ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०८२

सिरहा- सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ। लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका-४ स्थित गुद्री हाटबजारलाई हालै करिब यस मिटर उत्तरतर्फ धमिनि मन्दिर नजिक सारिएको हो।

National life

नगरप्रमुख श्यामकुमार श्रेष्ठको निर्देशनमा सडक अतिक्रमण हटाउँदै हटबजारलाई निश्चित स्थानमा सारिएको हो। हटिया स्थानान्तरणसँगै कञ्चनपुर-कमला सडक स्तरोन्नति कार्यमा समेत सहजता आएको छ।

“सडकमा हटिया लाग्दा जनजीवन प्रभावित थियो, सवारी साधन चलाउन समस्या थियो, त्यसैले हटिया व्यवस्थित गर्न निर्देशन दिइएको हो”, हटिया स्थानान्तरणपछि नगर प्रमुख श्रेष्ठले भने, “सडकपेटी सार्वजनिक सम्पत्ति हो, त्यसलाई सुरक्षित र खुला राख्नु हामी सबैको दायित्व हो।”

गोलबजार उद्योग व्यापार सङ्घका पूर्वअध्यक्ष भरत अग्रवालले हाटबजारको स्थानान्तरणलाई सकारात्मक कदम भएको बताए। उनले भने, “यस ठाउँमा लाग्ने हाटबजारले दुर्घटनाको जोखिम थियो। सडकपेटीमा हाटबजार लाग्दा ट्राफिक व्यवस्थापनमा चुनौतीका साथै दुर्घटना र व्यापारमा असर भइरहेको थियो। अब सुधार हुने अपेक्षा गरेका छौँ।”

गोलबजार नगरपालिकाले हाटबजार व्यवस्थापनलाई थप व्यवस्थित र दीगो बनाउने योजना अघि सारेको जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 24, 2025| 12:01 बिहीबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्