सोमबार, पुस १४, २०८२

बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै

 |  बिहीबार, साउन ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०८२

बागलुङ- मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका-९ पैयूथन्थापमा ठूलो बाढी आयो। गत असार २४ गते रातिको बाढीका कारण २५० रोपनी खेत, एक दर्जन खानेपानीका मुहान, सिँचाइ कुलो र केही घर गोठमा क्षति पुर्यायो। 

National life

उक्त बाढीको मुख्य कारण अव्यवस्थित ग्रामीण सडक थियो। सडक खन्दा फालिएको माटोसहितको लेदोले खोला थुनिएका कारण बाढी आएर केही समयअघि कालुङखोला आसपासको क्षेत्रमा ठूलो क्षति पु(याएको थियो। यस्ता अव्यवस्थित सडकका कारण बागलुङका अधिकांश खोलानालामा बाढीको जोखिम छ। 

हचुवाको भरमा खनिएका ग्रामीण सडकका कारण भू–क्षयका घटना बढिरहेका छन्। एक अध्ययनले जिल्लाबाट बर्सेनि ८ लाख २२ हजार ६२१ टन टन माटो भू–क्षयका कारण बगेर गएको तथ्याङ्क प्रस्तुत गरेको छ। 

भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जिल्लामा खेतीयोग्य जमिन, वन, खोलानाला जमिनको नक्सा तयार गरेर माटो बगेको अवस्था पत्ता लगाएको हो। 

संशोधित विश्वव्यापी माटो क्षति समीकरण (रिभाइज्ड युनिभर्सल सोइल लस इक्वेशन) विधिमार्फत माटो बग्ने मात्रा पत्ता लगाइन्छ। सोही विधि प्रयोग गरी सो तथ्याङ्क पत्ता लागेपछि भू–तथा जलाधार व्यवस्थापन कार्यालयले चिन्ता व्यक्त गरेको छ। 

Laxmi sunrise bank
kumari

कार्यालयले स्थानीय तहले नीतिगत रुपमै भू–क्षय नियन्त्रणको योजना बनाएर कार्यान्वयन गर्न नसके ठूलो दुर्घटना निम्तिन सक्ने जनाएको छ। 

धौलागिरिको चार र  कास्कीका गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले भू–क्षय नियन्त्रणका लागि स्थानीय तहले नीतिगत रुपमै सुधार नगरे ठूलो विनाश ल्याउने जनाएको हो।

प्रकाशित: Jul 24, 2025| 07:46 बिहीबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्