शनिबार, साउन १७, २०८२

सिँचाइ नहुँदा रोपाइँ भएन

 |  बिहीबार, साउन ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०८२

vianetvianet

कालीकोट- कालीकोटको महावै गाउँपालिका–६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म रोपाइँ भएको छैन। सिँचाइ कुलोको सुविधा नहुँदा असारमा भइसक्ने रोपाइँ साउन लाग्दासम्म पनि हुन नसकेको हो।

सिँचाइ सुविधा नहुँदा दुवै गाउँमा ८० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको गाउँपालिका पूर्वउपाध्यक्ष मनराज शाहीले बताए। “कुनी र गणेशकोट गाउँमा ८० प्रतिशत जमिन रोपाइँ हुन सकेको छैन”, उनले भने, “यहाँका किसान दाजुभाइको मानो छरी मुरी उमार्ने सपना सपनामै सीमित रहेको छ।”

साउनको टन्टलापुर घामले गर्दा धानको बीउ पनि सुक्न थालेको पूर्वउपाध्यक्ष शाहीले जानकारी दिए। “यो समय भनेको रोपाइँ गर्ने बेलाको समय नभई रोपाइँ गरिएका खेत गोडमेल गर्ने समय हो”, उनले भने, ‘तर के गर्ने आकासे पानीको भरमा जिउने किसान अहिलेसम्म खेतमा रोपाइँ सुरु नहुँदा आफ्नो र परिवारको पेट कसरी पाल्ने भनेर चिन्तित छन्।”

गाउँमा सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि गाउँपालिकाले ठेक्का लगाएको र त्यसको काम समयमै नहुँदा समस्या भएको स्थानीय अर्जुन शाहीले बताए। “सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि ठेक्का लगाइएको छ”, उनले भने, “त्यसको काम नहुँदा रोपाइँ हुन समस्या भएको छ। सिँचाइका लागि आधा काम मात्रै भएको र सिँचाइ कुलो कहिले बन्छ थाहा नभएको पूर्वउपाध्यक्ष शाहीले बताए।   -रासस

प्रकाशित: Jul 24, 2025| 06:46 बिहीबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्