बिहीबार, असोज ८, २०८३

तमोर नदीको बाढीले बेलिब्रिज बगायो

 |  बुधबार, साउन ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०८२

ताप्लेजुङ- फक्ताङलुङ गाउँपालिका-५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ।

अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए। पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ।

बाढीका कारण तमोर नदीको बहावसमेत बढेको उनले बताए। उक्त बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको थियो।

अरुण नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सर्तक रहन अनुरोध गरेको हो।

पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षामापन भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोदरेलले जानकारी दिए।

माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ पोखरेलले बताए।

भारी वर्षाका भएका कारण अरुण नदीलगायत खोलानाला र जिल्लाभित्र बाढीपहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्र भई बग्ने ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने रहेकाले सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो।

त्यतैगरी मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा भएको र थप वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।

प्रकाशित: Jul 23, 2025| 10:24 बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्