बिहीबार, असार ४, २०८३

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

 |  बुधबार, साउन ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०८२
National life
Shivam cement

सुर्खेत- गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। 

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए। उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए। उनीहरुको अवस्था अज्ञात रहेको छ। 

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए। भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए। बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 23, 2025| 07:24 बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्