सोमबार, पुस १४, २०८२

झोलुंगे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

 |  मंगलबार, साउन ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०८२

कैलाली- यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो।

National life

स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए। वर्षायाममा नदीमा पानीको प्रवाह बढेपछि गाउँलेहरुले झनै समस्या भोग्थे। सो स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ।स्थानीयका अनुसार वडा नं ३ को मोहनपुरमा झण्डै ९६ घर छन्।

पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो। स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदा समेत नदी वारपार गर्न नाउ प्रयोग गर्नुपर्दथ्यो। हालैमात्र पुल सञ्चालनपश्चात् सहजै आवतजावत गर्न सकिएको छ।

सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत ‘सस्पेन्सन ब्रिज डिभिजन’को रु तीन करोड ४३ लाखमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो।

प्रकाशित: Jul 22, 2025| 13:01 मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्