बिहीबार, असार ४, २०८३

धनगढीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

 |  मंगलबार, साउन ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०८२
National life
Shivam cement

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।

स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो।

आरोपी यादवको साथबाट रु सात लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो। आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

प्रकाशित: Jul 22, 2025| 08:16 मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्