बुधबार, पुस २, २०८२

पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

 |  आइतबार, साउन ४, २०८२

लक्ष्मीप्रसाद सापकोटा

लक्ष्मीप्रसाद सापकोटा

आइतबार, साउन ४, २०८२

National life
Laxmi sunrise bank
kumari

पर्वत- मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन्। आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन्। उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ  हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए।

उनका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए। गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।   -रासस

प्रकाशित: Jul 20, 2025| 08:16 आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्