सोमबार, वैशाख २८, २०८३

चितवनको माडीमा रेबिजको संक्रमण बढ्दो

 |  मंगलबार, असार ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३१, २०८२

National life

चितवन- चितवनको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ। यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको छ।
 
नगरपालिकाका पशु विकास अधिकृत डा रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको हो। उनले भने, ‘माडी नगरपालिका सधैँ रेबिजको जोखिममा छ।’ 
 
रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उनले जानकारी दिए। सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन्। एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उनले बताए। त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ।
 
रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बस्ताकोटीले बताए। 

प्रकाशित: Jul 15, 2025| 08:22 मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्