शनिबार, वैशाख १९, २०८३

एसईई नतिजा असार तेस्रो साता आउँदै, कलेजहरु नयाँ भर्नाको तयारीमा

 |  बिहीबार, असार ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार ५, २०८२

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।

National life

नियमित तालिकाअनुसार असार पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भए पनि  हो एक महिना लामो शिक्षक आन्दोलनका कारण नतिजा केही ढिलो हुने भएको हो।

अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।

एसईई परीक्षा गत चैत ७ देखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

एसईईको परिणाम आउने मिति नजिकिएसँगै कलेजहरुले कक्षा ११ को नयाँ भर्नाका लागि तयारी सुरु गरेका छन्। कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षाशास्त्र लगायतका संकायअन्तर्गत करिब दुई सय विषयमा अध्यापन हुने गरेको छ। 

एसईईपछि कुन शैक्षिक संस्था र कुन संकाय वा विषय रोज्ने भनेर विद्यार्थी र अभिभावकमा द्विविधा र चिन्ता हुने गरेको छ । यस्तोमा कलेजहरुले आ-आफ्नो विशेषता र सुविधाको बारेमा प्रचारप्रसार थालेका छन्। 

पछिल्लो समय निजी मात्र होइन सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेका छन्।

प्रकाशित: Jun 19, 2025| 11:43 बिहीबार, असार ५, २०८२
प्रतिक्रिया दिनुहोस्