आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • विमान दुर्घटनाका सबै मृतक परिवारलाई टाटाले एक करोड दिने, क्षतिग्रस्त होस्टेल बनाइदिने

विमान दुर्घटनाका सबै मृतक परिवारलाई टाटाले एक करोड दिने, क्षतिग्रस्त होस्टेल बनाइदिने

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति एक करोड भारू दिने घोषणा गरेको छ

National life

एयर इन्डिया टाटा समूहको कम्पनी हो । सुरूमा टाटाले स्थापना गरेको कम्पनी पछि भारत सरकारले किनेको थियो।सरकारलेचलाउन नसकेपछि फेरि अहिले टाटाकै स्वामित्वमा छ।

कम्पनीले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ ।

टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले एक्समा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, एयर इन्डियाको उडान १७१ सँगसम्बन्धित भयानक घटनाबाट हामी दुःखी छौँ । यस क्षणमा हामीले महसुस गरिरहेको दुःख शब्दमा व्यक्त गर्न सकिँदैन  हाम्रा विचार रप्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्," विज्ञप्तिमा भनिएको छ, "टाटा समूहले यस दुर्घटनामाज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ ।हामी घाइतेहरूको उपचारको खर्च बहन गर्नेछौँ रउनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोग सुनिश्चित गर्नेछौँ । यसबाहेक, हामी बीजे मेडिकलको लागि होस्टेल निर्माणमा मद्दतगर्नेछौँ ।"

अहमदाबादमा आज एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परी कम्तीमा २०४ जनाको मृत्यु भएको छ। विमानमा २४२ जना सवार थिए। एक जनाको जिवित उद्धार गरिएको छ, बाँकीको अवस्था खुलेको छैन

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 12, 2025| 23:54 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्