आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री रुपाणी पनि सवार

दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री रुपाणी पनि सवार

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटना भएको छ। भारतको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक विमान दुर्घटना भएको हो।

National life

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।

एयर इण्डियाले विमान दुर्घटना भएको पुष्टि गरेको छ। कम्पनीले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, 'अहमदाबाद-लन्डन ग्याटविक उडान गर्ने उडान नम्बर AI171 आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।'

विमान टेकअफका क्रममा विमानस्थलको गेटमा ठोकिएको आंशका गरिएको छ। ३०० यात्रु बोक्ने क्षमता भएको विमानमा २९० जना यात्रु रहेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार विमान दुर्घटनापछि तीनवटा विस्फोटनको आवाज आएको थियो।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि रहेको बताइएको छ। विमानखस्ने बित्तिकै त्यस क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखिएको तस्बिर तथा भिडियो सार्वजनिक भएका छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 12, 2025| 15:01 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्