शनिबार, असार ६, २०८३

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२
National life
Shivam cement

दाङ- राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान खण्ड अवरुद्ध भएको छ। सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो। एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ। 

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन्। साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: May 28, 2025| 09:33 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्