बिहीबार, जेठ १५, २०८२

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

 |  बुधबार, जेठ १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

vianetvianet

काठमाडौं- रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन्।

बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका चार र सात वर्षका दुई छोरीहरूको हत्या भएको बुझिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेका हुन्।

उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ।

मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life insurance

प्रकाशित: May 28, 2025| 09:29 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्