सोमबार, असोज १२, २०८३

बलात्कारको अभियोगमा दुई जना पक्राउ

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

पर्सा- बलात्कारको अभियोगमा पर्साका दुई जना  पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो।  
 
पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ। अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए। 

पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए।  

प्रकाशित: May 28, 2025| 09:07 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्