मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब १८ करोड राजस्व संकलन

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब १८ करोड राजस्व संकलन

 |  मंगलबार, जेठ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२

पर्सा- सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व संकलन गरेको छ।

National life

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब १४ करोड २८ लाख बढी राजस्व संकलन गरेको जानकारी दिए।

'गत आवको १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन भएको थियो', उनले भने, 'गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ।'

कार्यालयले साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड, मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड, चैतमा चार अर्ब ५० करोड र बैशाखमा चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व संकलन गरेको छ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 27, 2025| 17:01 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्