शनिबार, जेठ १०, २०८२

यी प्रदेशमा भइरहेको छ वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी ?

 |  शुक्रबार, जेठ ९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०८२

vianetvianet
National life insurance

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने  छ। 

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा  रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ।

प्रकाशित: May 23, 2025| 06:53 शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्