शनिबार, पुस १२, २०८२

बाबुरामले माओवादी युद्धमा थोरै मान्छे मारिएको भनेपछि...

 |  बिहीबार, जेठ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०८२

काठमाडौं- पूर्वमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी युद्धमा भएको मानिसको हताहती अरु देशको तुलनामा कम भएको अभिव्यक्ति दिएका छन्।

National life

उनले अन्य देशमा ठूला क्रान्ति हुँदा वा द्वन्द्व हुँदा लाखौं मारिने तर नेपालमा १७ हजारमात्रै मारिएको बताएपछि द्वन्द्व पीडितहरु आक्रोशित भए।

बिहीबार नेपाल मानव अधिकार संगठनले आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफलमा भट्टराईले नेपालको क्रान्तिमा तुलनात्मक रुपमा थोरै मानिसको मृत्युले आमूल परिवर्तन भएको बताए। उनले अब संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका थिए।

विश्वको तुलनामा नेपालमा थोरै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्व पीडितले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। पूर्वप्रधानमन्त्री जस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिनु परेको थियो।

प्रकाशित: May 22, 2025| 20:05 बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्