सोमबार, असोज १२, २०८३

एटीएम मेसिन फोड्दै गर्दा समातिए बुद्धिलाल

 |  बिहीबार, जेठ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०८२

बनेपामा एटीएम मेसिन फोड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–८ घर भएका ३० वर्षीय बुद्धिलाल तामाङ छन्।

प्रहरीका अनुसार बुधबार करिब ११:४० बजे बनेपामा रहेको नबिल बैंकको एटीएम मेसिन फोड्ने प्रयास भइरहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

एटीएम मेसिन फोड्दै गरेको अवस्थामा रड र हतौडासहित तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

तामाङमाथि इलाका प्रहरी कार्यालय राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: May 22, 2025| 19:54 बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्