शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • 'छाता विद्रोह' को नाममा सडकमा उत्रिँदै राजावादी, सरकारका प्रवक्ता भन्छन्- रोक लगाउन सकिन्छ  

'छाता विद्रोह' को नाममा सडकमा उत्रिँदै राजावादी, सरकारका प्रवक्ता भन्छन्- रोक लगाउन सकिन्छ  

 |  बिहीबार, जेठ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०८२

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेको प्रदर्शनलाई 'छाता विद्रोह' को नाम दिएको छ।

National life

राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेसबुकमा भनेका छन्, 'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु छ। घाम लागे पनि पानी परे पनि आन्दोलन अब रोकिने छैन। हामी छाता बोकेरै आन्दोलनमा भाग लिन्छौं। 'छाता विद्रोह'को सुरुवात हुँदैछ।'

पार्टीका महामन्त्री राजाराम बर्तौलाले भने, 'घाम लागे पनि पानी परे पनि आन्दोलन अब रोकिने छैन। हामी छाता बोकेरै आन्दोलनमा भाग लिन्छौँ। 'छाता विद्रोह' को सुरुवात हुँदैछ। छाता भनेको छहारी हो, अभिभावक हो, हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता। राजाको छहारी हो।'

जेठ १५ गतेबाट राजसंस्था पुनर्स्थापनाको माग गर्दै समितिले अनिश्चिनकालीन प्रदर्शन गर्ने घोषणा गरेको छ। यसअघि चैत १५ गते भएको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको मृत्यु हुनुका साथै करोडौंको भौतिक क्षति भएको थियो।

यसैबीच सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको प्रदर्शनमा सरकारले रोक लगाउन सक्ने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिए।

Shivam cement

‘त्यो दिनको प्रदर्शन कति ठूलो होला भन्ने चाहिँ त्यही दिनको प्रदर्शनले देखाउँछ। तर, हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छ। यो हाम्रो कमजोरी होइन,’ मन्त्री गुरुङले भने, ‘हामी डराएर गरेका हैनौं। त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ। हामीले उदारतापूर्वक अभ्यास गरौं न भनेर छाडिदिएका हौं।’

प्रकाशित: May 22, 2025| 18:48 बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्