शनिबार, वैशाख १९, २०८३

सिंहदरबारमा सांसदबीच भनाभन

 |  बुधबार, जेठ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०८२

काठमाडौं — प्रतिनिध सभाको महिला तथा सामाजिक मामिला समिति बैठकमा विवाद भएको छ।

National life

समिति सभापति किरणकुमार साह र माओवादीको सांसद कल्पना मियाँ कुसारीबीच भनाभन भएको हो।

शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका दुईवटा उपसमितिका प्रतिवेदन समितिलाई बुझाउनका लागि बैठक बोलाइएको थियो । समितिको बैठक बुधबार बिहान साढे सात बजे बोलाइएको थियो । दुईवटा उपसमितिले तयार पारेका प्रतिवेदन समितिसमक्ष पेश गर्ने कार्यसूची थियो । सोही विषयमा विवाद भएको हो।

समिति सभापति साहले आफ्ना कमजोरी ढाकछोप गर्नका लागि बोल्न नदिएको सांसद मियाँले बताइन्। उनले सभामुख देवराज घिमिरेसँग समितिमा भएको विवादबारे जानकारी गराउन लागेको पनि बताइन्।

समिति सभापति साहले भने समय नमागी सांसद मियाँ बोल्न खोजेपछि विवाद भएको बताए। 'समयमा नआई विषयवस्तुभन्दा बाहिरको कुरा राखेपछि हल्का विवाद भएको हो,' उनले भने।

सभापति साह एमालेका सांसद हुन् भने मियाँ माओवादीकी।

प्रकाशित: May 21, 2025| 11:34 बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्