बुधबार, जेठ ७, २०८२

नागढुंगा-नौबिसे सडक दिउँसो साढे चार घण्टा बन्द हुने

 |  बुधबार, जेठ ७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०८२

vianetvianet

काठमाडौं- नागढुंगा–नौबिसे सडक खण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।

यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।

सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुंगा–नौबिसे सडक खण्ड बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसको विकल्पमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

नागढुंगादेखि नौबिसे सडक खण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । 

National life insurance

प्रकाशित: May 21, 2025| 07:26 बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्