शनिबार, असार ६, २०८३

मापदण्ड विपरीतका पाँच फर्ममाथि मुद्दा दर्ता

 |  मंगलबार, जेठ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२

नेपालगञ्ज- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बजारमा रहेका पाँच मापदण्ड विपरीतका सेवामूलक फर्म तथा कम्पनीविरूद्ध मुद्दा दर्ता गरेको छ।

National life

ती फर्म तथा कम्पनीमा कैफियत भेटिएपछि कसुरअनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिए।

सो कार्यालयले नेपालगञ्जका विभिन्न वडामा रहेका क्वालिटी चाउमिन तथा सस उद्योग, डिउ ड्रप ड्रिङ्किङ वाटर, इन्ड्रष्टिज, वाइ के ड्रिङ्किङ वाटर, उद्योग, गोल्डेन प्रशोधित पिउने पानी र बिसमिल्ला होटेल, नेपालगञ्जविरूद्ध मुद्दा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनाएको छ।

ती फर्म तथा कम्पनीमध्ये खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बिर्यानी, सोर्मा र कबावमा बाह्य सिन्थेटिक रङ्ग प्रयोग गरेको र होटलको व्यवस्थापन फोहोर गरेको कसुरमा नेपालगञ्ज–११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटलविरूद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालयका सूचना अधिकारी रामहरि लामिछानेले जानकारी दि।

उक्त होटलमा केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालयसहित गएको संयुक्त अनुगमन टोलीले अनुमगन गरेको थियो । अनुगमनमा बिस्मिल्ला केटर्स चिकन शोर्मा एन्ड बिरयानी होटल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटल भनी दर्ता भएको उक्त होटलको सरसफाइ र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रङ्गको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको हो । उनीहरूलाई रू ५० हजार जरिवाना तथा कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ।

Shivam cement

नेपालगञ्जले खाद्य बजार अनुगमन ४३ वटा, दाना बजार अनुगमन चारवटा, होटल, रेष्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन ११० वटा, दाना उद्योग अनुगमन चारवटा गरेको जनाएको छ।

प्रकाशित: May 20, 2025| 16:01 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्