शनिबार, पुस १२, २०८२

गभर्नर नियुक्त गर्न मन्त्रिपरिषद्‍को बैठक बस्दै

 |  मंगलबार, जेठ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२

काठमाडौं- हिजो सोमबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।

National life

मुख्य सत्तारुढ दल कांग्रेस र एमालेबीच राष्ट्र बैंकको गभर्नरमा सहमति जुटेपछि क्याबिनेट बैठक बस्न लागेको हो।

आजको मन्त्रिपरिषद् बैठकले अर्थविद् डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने बुझिएको छ।

आज नै अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। बैठकले पौडेल र डेपुटी गभर्नर नीलम ढुंगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्नेछ। सोहीअनुसार विश्व पौडेल गभर्नर नियुक्त हुनेछन्।

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्तामा पौडेलको नाममा सहमति जुटेको थियो। आज प्रधानमन्त्री ओली, सभापति देउवा, गभर्नर सिफारिस समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा गभर्नर नियुक्तिलगायत विषयमा कुराकानी भएको थियो।

Laxmi sunrise bank
kumari

पौडेल कांग्रेसको कोटाबाट गभर्नर बन्न लागेका हुन्। २०७९ को आम निर्वाचनमा उनी कांग्रेसबाट सांसदको उम्मेदवार बनेका थिए। अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयको 'स्कुल अफ म्यानेजमेन्ट'का प्रोफेसर थिए। केयूको प्राध्यापक हुने बेलादेखि भने उनी कांग्रेसको क्रियाशील राजनीतिबाट अलग भएका थिए।

पौडैल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, योजना आयोगको उपाध्यक्ष र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत आर्थिक सल्लाहकार भइसकेका छन्।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन्। नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्ति हुनुपर्ने हो । 

प्रकाशित: May 20, 2025| 15:11 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्