काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट सर्वोच्चका न्यायाधीशहरु डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। यसअघि सो रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा पर्दा सुनुवाई हुन सकेको छैन।
लामिछानेलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ बैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन्। एक महिनासम्म पनि त्यसमा सुनुवाई हुन सकेको छैन।