शनिबार, पुस १२, २०८२

बालेनले ओलीलाई भने- आइ डोन्ट सपोर्ट योर करप्ट सिस्टम

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। 

National life

मेयर शाहले सोमबार साँझ फेसबुकमा लेखेका छन्, 'जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गैदिनुपर्ने ? सरी केपी ओली, आइ डोन्ट सपोर्ट योर करप्ट सिस्टम।'

गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नआएपछि आज प्रधानमन्त्री ओलीले अबदेखि नबोलाउन निर्देशन दिएका थिए। सरकारले आयोजना गरेका कुनै पनि कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरिएको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिएका थिए। उनले बालेनको नाम भने लिएका थिएनन्।

बालेन पोहोर पनि गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा आएका थिएनन्।

प्रकाशित: May 19, 2025| 20:39 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्