शनिबार, असार ६, २०८३

पश्चिमी र स्थानीय वायुको प्रभावले तीन दिन वर्षाको सम्भावना

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भवना रहेको जनाएको छ। 

National life

अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चटङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरको छ। 

माहाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिए। 

“हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ”, उनले भने, “जसले गर्दा जुनसुकै समयमा पनि वर्षा भइरहेको छ।” 

उनका अनुसार अहिले प्रि–मनसुनको समयमा खासगरी साँझाको समयमा चट्याङसहितको वर्षा हुने गर्छ। आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ। 

Shivam cement

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ।
 

प्रकाशित: May 19, 2025| 18:42 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्