आइतबार, मंसिर २१, २०८२

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

रामपुर- पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ। नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो।

National life

योसँगै जिल्लाका आठवटा पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ। रामपुर नगरपालिकामा जिल्लाखोप समन्वय समिति पाल्पाले प्रमाणपत्र हस्तान्तरण गरेको छ।

जिल्ला खोप समन्वय समितिका संयोजक टङ्कनाथ खनाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोख्रेलले, रामपुर नगरप्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्रप्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्।

यसवर्ष रामपुर नगरपालिकासँगै आठ पालिका पूर्ण खोप सुनिश्चित पालिका भइसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले जानकारी दिए। उनका अनुसार जेठ ६ गते भित्र बाँकी दुई पालिकालाई पनि घोषणा गरिनेछ।

जिल्लामा चालु आर्थिक वर्षभित्र कुनै पनि महिला घरमा प्रसूति हुनु नपरेको तथ्याङ्क प्रस्तुतगर्दै जिल्लालाई पहिलो संस्थागत सुत्केरीयुक्त जिल्ला घोषणाको तयारी भइरहेको पोखरेलले जानकारी दिए। सङ्घीयता पश्चात् २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्षसम्म पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका पाँच सय ५७ र १६ महिना देखि ५९ महिना सम्ममा एक हजार नौ सय ७३ जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिए।

कार्यक्रमको अवसरमा नगरभित्रका दशवटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा र वडा नं १ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ। पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चितजिल्ला घोषणा गरिएको थियो।

प्रकाशित: May 19, 2025| 08:04 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्