बर्दिया, बाँसगढी नगरपालिका-९ माछागढस्थित सडकमा भे.१२ प ४२२४ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय आशिश सिंह र १३ वर्षीय राकेश रावतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा भे.१ ज १२७२ नम्बरको म्याजिक गाडी र भे.१ ज १४९४ नम्बरको म्याजिक गाडी क्रस गर्ने क्रममा
उक्त स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालक तथा दुबै म्याजिक गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकमा ना.५३ प १२७४ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको अटो र ना.६ ख १३७ नम्बरको ट्रकले समेत ठक्कर दिई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने सिताराम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालक र ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार अटो र अटो चालकको खोजी गरिरहेको छ ।
अर्घाखाँची, शितगंगा नगरपालिका-८ काठेखोलास्थित सडकमा सिलिङखोलाबाट लापेतर्फ जाँदै गरेको रा.१ त ३६२८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार दाङ राप्ती गाउँपालिका-२ बस्ने १९ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुवाङ अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, विराटनगर महानगरपालिका-३ स्थित सडकमा खार्जीबाट कंचनवारीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका-६ बस्ने ५५ वर्षीय मो.अब्दुल कलामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत फेला
काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थान नजिकै सडक किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ प्रभातपथ बस्ने ८० वर्षीया सकुन्तला लम्साल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनुषा, बटेश्वर गाउँपालिका-४ पुजारी टोल घर भई सोही गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५५ वर्षीय कुशेशर पासवान सोही कार्यालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।