आइतबार, वैशाख २०, २०८३

वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

 |  बिहीबार, जेठ १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०८२

National life

पर्सा- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ। 

वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो। अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ। 

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा  ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ।

प्रकाशित: May 15, 2025| 11:09 बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्