बुधबार, असोज २२, २०८२

आईपीएलका राजस्थानविरुद्ध कोलकाताको रोमाञ्चक जित

 |  आइतबार, वैशाख २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२

कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।

Kumaribank

आइतबार इडेन गार्डेन्डसमा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि २०५ रन बनाए ।

राजस्थानका लागि कप्तान रियान परागले ४५ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक ९५ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले ३४, सिम्रन हेटमायरले २९, शुभम दुवेले अविजित २५ र  जोफ्रा आर्चरले १२ रन बनाए । कोलकाताका लागि मोइन अली, सुनिल नारायण र वरुण चक्रवर्तीले समान दुई तथा वैभव अरोराले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०६ रनको योगफल तयार पारेको थियो ।

जितसँगै ११ खेलमा ११ अंक जोडेको कोलकाता छैटौँ स्थानमा छ । पराजित राजस्थान १२ खेलबाट ६ अंकका साथ आठौँ स्थानमा छ ।

Metro Mart

प्रकाशित: May 04, 2025| 20:58 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्