शुक्रबार, वैशाख २६, २०८२

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

 |  शुक्रबार, वैशाख १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०८२

vianetvianet

काठमाडौं- सरकारले खोप लगाउन छुट भएका ५ वर्षमुनिका बालबालिकालाई यही बैशाख ३१ गते खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा. अभियान गौतमले छुटेका बालबालिकालाई ९ प्रकारका नियमित खोप लगाइने जानकारी दिए।

triton college

‘नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ’ उनले भने, ‘त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन्।’

नेपालमा ५ वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन्। शाखाप्रमुख डा. गौतमले छुटेका ५ प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाइने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट भएका आ-आफ्ना सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ। रासस 

प्रकाशित: May 02, 2025| 19:01 शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्