आइतबार, मंसिर २८, २०८२

युट्युबलाई पनि अनलाइन सञ्चारमाध्यमको मान्यता

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

काठमाडौं- सरकारले युट्युबलाई पनि अनलाइन सञ्चारमाध्यमको मान्यता दिने प्रस्ताव गरेको छ। अनलाइन सञ्चारमाध्यमको परिभाषामा युट्युब समेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको हो।

National life

सरकारले संसद्‍मा ल्याएको यससम्बन्धी प्रस्तावसहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ। मंगलबार प्रतिनिधि सभाबाट पारित केही नेपाल ऐन संशोधन विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा संशोधन गरेर अनलाइन सञ्चारमाध्यमको परिभाषालाई समेटिएको हो।

प्रचलित ऐनको दफा २ को (च) मा पत्रपत्रिकाको परिभाषा छ। जहाँ पत्रपत्रिका भन्नाले समाचारपत्र, समाचारपत्रिका र अन्य पत्रपत्रिकालाई सम्झनुपर्ने भनेर परिभाषित गरिएको छ । सरकारले प्रचलित ऐनमा नयाँ प्रावधान थपेको छ ।
प्रचलित ऐनको दफा २ को (च) पछि (च१) थपेर अनलाइन सञ्चारमाध्यमको परिभाषा गरिएको छ । यसमा भनिएको छ, अनलाइन सञ्चारमाध्यम’ भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई इन्टरनेटको माध्यमबाट संकेत, चिह्न, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्विर, श्रव्य, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यम सम्झनु पर्छ ।’

यो परिभाषा अनुसार युट्युब पनि अनलाइन सञ्चारमाध्यममा पर्छ। अहिलेसम्म युट्युबलाई सञ्चारमाध्यम मान्ने कि नमान्ने भन्नेमा ठूलो विवाद थियो।

अब यो विधेयक राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ र सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 30, 2025| 11:55 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्