सोमबार, मंसिर २२, २०८२

भूकम्पको इपिसेन्टर बारपाकमा फोटो प्रदर्शनी

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

काठमाडौं- फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई दस्तावेजीकरण गरिएको फोटो प्रदर्शनी आयोजना गरेका छन्।

National life

वैशाख १२ गते बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित फोटोहरु प्रदर्शनमा राखिएका छन्।  

प्रदर्शनीको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै तस्बिरहरु अवलोकन गरे। साथै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि प्रदर्शनी अवलोकन गरे।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीको प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ। अर्घाखाँची सिमेन्ट, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको सहयोग रहेको फोटो प्रदर्शनीको मिडिया पार्टनरको रुपमा नेपाल फोटो लाइब्रेरी रहेको छ।

प्रदर्शनीको मुख्य उद्देश्य फोटोमार्फत भूकम्प प्रतिरोधी संरचना बनाउन गरिएका प्रयासको प्रभावकारितालाई पुनः स्मरण गराउनु रहेको तिमिल्सेनाले बताए। यसका साथै फोटो प्रदर्शनीले पुनर्निर्माणपछि बारपाकको अवस्थालाई देश-विदेशसम्म पुर्‍याउन प्रयास गरेको उनको भनाइ छ। प्रदर्शनीले बारपाकलाई पर्यटकीय गन्तव्यको रुपमा पनि विकास गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

Laxmi sunrise bank
kumari

गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको शुक्रबार एक दशक पुगेको छ। भूकम्पमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने बाइस हजारभन्दा बढी घाइते भएका थिए। देशभर २८ लाख मानिस तत्कालका लागि घरवारविहीन हुनुका साथै सांस्कृतिक सम्पदा, सडक, जलविद्युत लगायतका विकास परियोजनाका अर्बौंको क्षति हुन पुगेको थियो।

भूकम्पको केन्द्रविन्दु बारपाकमा ७२ जनाले ज्यान गुमाएका थिए। प्रभावित अन्य जिल्लाहरुमा जस्तै भौतिक संरचना क्षतिग्रस्त भएका थिए। ध्वस्त भएका संरचना पुनर्निर्माण भएका छन्। तर दु:खको कुरा, मन लोभ्याउने परम्परागत ढुंगे घर लोप भएका छन्। तिनको ठाउँमा क्रंकिट र जस्तापाताका संरचना बनाइएका छन्। 

 

प्रकाशित: Apr 25, 2025| 12:23 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्