शुक्रबार, पुस ११, २०८२

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

काठमाडौं- अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय अमेरिकाले गरेको छ।

National life

एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले एमसीसी बन्द गर्ने निर्णय गरेको हो।

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा बन्द गर्न लागेको सीएनएनले जनाएको छ। एमसीसी परियोजनाअन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत अघि बढाइएको छ।

ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत एमसीसी परियोजना बन्द भएपछि नेपालमा सञ्चालित परियोजनाका काम पनि रोकिने भएका छन्।

एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लू बुशको कार्यकालमा स्थापना गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 24, 2025| 09:46 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्