आइतबार, जेठ २४, २०८३

घरेलु मैदानमा पञ्जाबलाई बैंग्लोरले हरायो

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले पञ्जाब सुपर किंग्सलाई ७ विकेटले हराएको छ।

National life

दुई दिन अघिमात्र पञ्जाबसँग ५ विकेटले हारेको आरसीबीले आज पञ्जाबलाई उसकै मैदानमा हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। पञ्जाबका लागि प्रभसिम्रन सिंहले ३३ रन बनाउँदा शसांक सिंहले ३१ रनको अविजित इनिङ खेले। त्यस्तै ओपनर प्रियन्स अर्याले २२ रन बनाउँदा मार्को यानसन २५ रनमा अविजित रहे। आरसीबीका लागि कुर्नाल पाण्डे र सुयश शर्माले २–२ विकेट लिए।

१ सय ५८ रनको लक्ष्य पछ्याएको बैंगलोरले उक्त लक्ष्य १८.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। बैंग्लोरका लागि विराट कोहलीले ५४ बलमा ७३ रन बनाउँदै अविजित इनिङ खेल्दा देवदत पाडिकलले ६१ रन बनाए। त्यस्तै रजत पटीदारले १२ रन बनाउँदा जितेश शर्माले ११ रन बनाएका थिए।

जितसँगै आरसीबी १० अङ्क बनाएर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

Shivam cement

प्रकाशित: Apr 20, 2025| 21:36 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्