शनिबार, वैशाख ६, २०८२

तीव्र गतिको बस दुर्घटना हुँदा दुईको मृत्यु

 |  शुक्रबार, वैशाख ५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०८२

vianetvianet
triton college
National life insurance

घोराही (दाङ)-: दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। दश जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ।
 

प्रकाशित: Apr 18, 2025| 21:26 शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्